हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान लागूऔषधसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्वर ४ बस्ने ५५ वर्षीय पर्देसी माझी थारू रहेका छन् ।
उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक नबिन बिक्रम थापाको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले ५ किलो ५०० ग्राम गाँजासहित पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान साढे ११ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
