समाचार
शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से सूचक ०.३५ अंकले घटेर २१८३ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ८२ हजार रुपैयाँको कारोबार भएको छ...
पुर्व विद्यार्थी समाज हेटौंडा क्याम्पसको अध्यक्षमा अशोक सारु मगर
मकवानपुर । हेटौडा क्याम्पस पुर्व विद्यार्थी समाज हेटौंडा क्याम्पसको अध्यक्षमा अशोक सारु मगर चयन भएका छन् । विद्यार्थी समाजको बिहीबार भएको दोस्रो अधिवेशनबाट सारु मगरको संयोगकत्वमा ७ सदस्यी कार्यसमित चयन गरिएको हो । यस्तै, समाजका उपाध्यक्षमा रमा चौलागाई, महासचिवमा डि.बि. बर्तोला, कोषाध्यक्षमा सन्तोषी बर्तोला चयन भएका छन् । यसैगरी,...
एमाले मकवानपुरद्वारा नवनियुक्त मन्त्रीहरुलाई स्वागत तथा सम्मान
मकवानपुर । नेकपा एमाले मकवानपुरले बागमती प्रदेशमा एमालेको तर्फबाट मन्त्रीमा नियुक्त भएकाहरुलाई स्वागत तथा सम्मान गरेको छ । एमाले मकवानपुरले बिहीबार एक कार्यक्रमबीच एमालेबाट मन्त्री बनेका तीन जनालाई स्वागत तथा सम्मान गरेको हो । मकवानपुरका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ...
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् । आम निर्वाचनको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेण्डा...
माओवादी स्थायी समिति बैठक भोलि पनि बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पनि बस्ने भएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने भएको हो । आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । भोलि एजेण्डाअनुसार नेताहरुले आ–आफ्नो धारणा राख्ने पौडेलले बताए ।
नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ : मन्त्री लिङ्देन
बुटवल । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्ने बताएका छन् । रुपन्देहीमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै लिङ्देनले सो कुरा बताएका हुन् । उनले गुरु पण्डितहरूले समेत बोल्न नसकेको बेला नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताएका हुन्...
जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ
बागलुङ । १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बागलुङबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्लाको ढोरपाटन नगरपालिका–७ बोबाङ बस्ने २२ वर्षीय आयुष विक र २१ वर्षीय जीवन विक रहेका छन् । आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी...
माओवादी स्थायी कमिटी बैठक केही घण्टा पर सर्यो
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केही घण्टाका लागि सरेको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मको लागि सरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका नेताहरुका अनुसार सरकारका...
दुर्घटनामा परेर न्यौपानेको मृत्यु
पाल्पा । पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ८ ख ७९२४ नम्वरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपाने रहेका छन् । गएराति तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट...
सुर्खेतमा ५ जनामा दादुरा सङ्क्रमण पुष्टि
सुर्खेत । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीका अनुसार, अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको हो । छिमेकी जिल्ला बाँकेमा...










