मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय

तु खबर संवाददाता
२०७९ माघ २३, सोमबार १८:०८
file-photo

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ ।

पाण्डेलाई सोमबार न्यायाधीश दीपक ढकालको इजलासले ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो । तर, बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो । यो मुद्दामा माघ १० मा न्यायाधीश दीपक ढकालले पाण्डेलाई सो मुद्दामा दोषी ठहर गरेको थियो ।