सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

तु खबर संवाददाता
२०८० आश्विन ७,आईतवार ०८:२४
file-photo

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

गत साता न्यायाधीश अभावका कारण स्थगित भएको उनीविरुद्धको बालिका बलात्कारको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।