राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नाम फिर्ता गरेका छन् । यससँगै उनले त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । जसका खेलहरु कात्तिक १ गतेदेखि १० गतेसम्म हुनेछन् ।
सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’
यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।