नेपाल र नेदरल्यान्डस्बीचको विश्वकप क्रिकेट आज हुँदै

तु खबर संवाददाता
२०८१ जेष्ठ २२,मंगलवार १७:५६

काठमाडौं । नेपाल र नेदरल्यान्डस्बीचको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगित आज हुँदैछ । खेल अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको हो ।

विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्सँग राति ९ बजेदेखि खल्ने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले एक वक्तव्य जारी गर्दै क्रिकेट टोलीलाई शुभकामना दिएका हुन् ।

उक्त खेल काठमाडौं महानगरपालिकाले टुडिखेललगायत विभिन्न स्थानमा डिजिटल स्क्रिनमार्फत् लाइभ देखाउन लागिएको छ ।

यस्तै, पोखारा महानगरपालिकाले पनि नेपालको खेल पृथ्वीचोकस्थित डिजिटल स्क्रिनमा देखाउन लागेको जनाइएको छ ।