मकवानपुरको भीमफेदीमा क्रिकेट प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको भीमफेदीमा तेस्रो संस्करणको ६ ए रिभर साइट क्रिकेट प्रतियोगिता हुँदैछ ।
रेड स्वाइल क्रिकेट क्लबले भोलि शनिबार भीमफेदी–१, सामरीमा क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा सहभागी हुन खेलाडीहरुले कुनै शूल्क तिर्न नपर्ने जनाइएको छ ।
वनभोज कार्यक्रमसहित हुन लागेको उक्त क्रिकेट प्रतियोगितामा अनुप प्रसाद सेनुरियाको संयोजकत्वमा हुनेछ ।
प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । जसमा कर्रा सुपर किङ्ग, गोदावरी स्टिल, शुभ डेरी, भ्याब्सन क्रिकेट क्लब, निब्टा क्रिकेट क्लब र हेटौंडा एकेडेमी रहेका छन् ।
प्रतियोगिता लिग प्रणालीमा संचालन हुनेछ ।
यस्तै, प्रतियोगिताको विजेता र उपविजेता समूहले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी, उत्कृष्ट बलर, उत्कृष्ट व्याट्सम्यान र प्लेयर अफ द सिरिजका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।