समाचार

इसेवाको कर्मचारी हुँ भनी रकम ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । इसेवा कार्यालयको आधिकारिक कर्मचारी हुँ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको माधव नारायण नगरपालिका–२का १९ वर्षीय शुभम साह रहेका छन् । उनको साथबाट प्रहरीले बाइक, मोबाइलफोन २ वटा, १० वटा सिमकार्ड, ३ वटा एटीम कार्ड बरामद गरेको छ ।...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न निर्देशन दिएका हुन् । राष्ट्रियसभा उपाध्यक्ष पद २१ फागुन २०७८ देखि रिक्त रहेको छ । गोलाप्रथामा ४ वर्षे कार्यकाल पाएकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल...

मोटरसाइकलको ठक्करबाट मकवानपुरकी कोइराला घाइते

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ कत्लेखोलामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दिउँसो साढे १ बजेको समयमा मनहरीबाट लोथरतर्फ जाँदै गरेको ना ४४ प ८३८२ नम्वरको मोटरसाइकले ठक्कर दिँदा एक जना पैदलयात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय...

लागूऔषधसहित चार जना पक्राउ

धनुषा । धनुषा प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गर्दै धनुषाको पिडारी चोकबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको जानकारी गराएको हो । पिडारी चोकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अटोमा जुटको बोराभित्र कार्टुनमा राखिएको अवस्थामा प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित...

विवेकशीलको महाधिवेशन आयोजक सचिवालय समिति गठन

काठमाडौं । विवेकशील साझा पार्टीले महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको छ । पार्टीले अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको हो । सदस्यहरुमा क्रमशः केशव दाहाल, प्रकाशचन्द्र परियार, रमेश पौडेल, सुरज प्रधान, नवराज थापा,हरिश भट्ट, उमेश भट्टराई, आशुतोष प्रधान,जिएस स्मिथ, रञ्जु दर्शना, समुन्द्र...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

धनगढी । कैलालीमा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ स्थित भित्री सडकखण्डमा बिहीबार साँझ सुपप्र ०१–००९ प २३०८ नम्वरको मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्द रहेको जिल्ला प्रहरी कार्यालय...

बागमती प्रदेश प्रमुख शर्माले हेटौंडामा जारी व्यापार मेलाको अवलोकन गर्ने

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले अवलोकन गर्ने भएका छन् । प्रदेश प्रमुख शर्माले शुक्रबार दिउँसो महोत्सवको अवलोकन तथा महोत्सवलाई सम्बोधन गर्ने संघका महासचिव दीपक उप्रेतीले जानकारी दिए । मेलामा आज शुक्रबार कमेडियन सुमन कोइराला...

हेटौंडामा सामूहिक बेलविवाह सम्पन्न

मकवानपुर । हेटौंडा उपहानगरपालिका वडा नम्वर १०, बसपार्कमा सामूहिक बेलविवाह कार्यक्रम सम्पन्न भएको छ । बुधबार र बिहीबार दुई दिन आयोजित बेलविवाह कार्यक्रममा ८८ कन्याको सहभागिता रहेको थियो । नेवारी परम्पराअनुसार महिनावारी हुनुभन्दा अघि बेलाविवाह गरिन्छ । परम्परा र संस्कृतिअनुसार बेलविवाह गर्न गुरु तथा स्रोतसाधन जुटाउन असहज हुने अवस्थाका...

सार्वजनिक यातायात सुधारका लागि ७ सदस्यीय कार्यदल गठन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिए । कार्यदलले...

रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सनुवाइ आज हुँदैछ । लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ आज हुने भएको हो । बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा लामिछानेको तर्फबाट ३ जनाले बहस गरेका थिए । अधिवक्ताहरु...