जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा सार्वजानिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
जनयुद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ गतेलाई दिवसका रुपमा मनाउँदै आएको छ । मन्त्रीपरिषद् बैठकले चालु आर्थिक वर्षको असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीको निर्कोयोल भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले गर्ने निर्णय पनि गरेको छ ।
