समाचार
आज विश्व कुष्ठरोग दिवस मनाइँदै
धनुषा । आज विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७० औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइने भएको हो । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम...
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा...
महोत्सवको भिडमा च्यापिएर १३ जना घाइते
विराटनगर । धनकुटामा चलिरहेको महोत्सवमा अत्यधिक भिड बढेपछि च्यापिएर कम्तिमा १३ जना व्यक्ति घाइते भएका छन् । धनकुटाको तल्लो टुँडिखेलमा आयोजित महोत्समा शनिबार गायक प्रमोद खरेलले प्रस्तुती दिने कार्यक्रम थियो । खरेल आउने भएपछि महोत्समा अत्यधिक भिड भएको र च्यापिएर कम्तिमा १३ जना घाइते भएको १ नम्वर प्रदेश प्रहरी...
भिरबाट लडेर मकवानपुरका थिङको मृत्यु
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर २ देउरालीमा शनिबार भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय माइला थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शनिबार अपराह्न साढे ४ बजेको समयमा...
अचेत अवस्थामा भेटिएका हेटौंडाका लामाको मृत्यु
मकवानपुर । अचेत अवस्थामा फेला परेका हेटौंडाका नवराज लामाको मृत्यु भएको छ । शनिबार बिहान ८ बजेर २० मिनेटको समयमा हेटौंडा–४, नेपाल बैंक नजिक सडक छेउमा अचेत अवस्थामा भेटिएका लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बेवारिसे भएर हिँड्ने हेटौंडा–९ पशुपतिनगरका ४० वर्षीय लामाको...
पोखरा जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी
कास्की । कास्कीको पोखरास्थित सेती खोंचमा भएको यति एयरको जहाज दुर्घटनामा परी बेपत्ता भएका एक जनाको खोजी भइरहेको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको...
ट्याक्टरले ठक्कर दिँदा युवकको मृत्यु
वीरगञ्ज । पर्सामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको हो । शुक्रबार साँझ साढे ७ बजेको समयमा जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्वरको ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको छ ।...
देशभरका सबै सरकारी वेबसाइट डाउन
काठमाडौं । शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् । सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ । नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा...
दुर्घटनामा परेर मकवानपुरका चार जना घाइते
मकवानपुर । धरान–चतरा सडकखण्ड अनतरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हासतसुडेस्थित शुक्रबार साँझ सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शुक्रबार साँझ ६ बजेको समयमा हातिसुडेबाट फापरबारीतर्फ जाँदै गरेको ना ४१ प ३००८ नम्वरको मोटरसाइकल बिपरित दिशा तर्फबाट आउँदै गरेको बा ८६ प ८७०४ नम्वरको...
नक्कली प्रहरी बनेर ठगी गर्ने गुरुङ पक्राउ
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले प्रहरी हुँ भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मस्याङदी गाँउपालिका–१ घनपोखराका ३५ वर्षिय जीवन गुरुङ रहेका छन् । आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगि गर्दै हिडेका गुरुङलाई जिल्ला...








