समाचार
अनेरास्ववियूको महाधिवेशन प्रचारमा भित्तेलेखन नगरिने
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आसन्न २३ औं राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार गर्ने भएको छ । महाधिवेशनमा भित्तेलेखन गर्दा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गर्ने उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिए । अनेरास्ववियुकोमहाधिवेशन...
रवि लामिछानेले पुनः नेपाली नागरिकता लिए
काठमाडौं । रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको जानकारी दिए । लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८ को विन्दुमा रोकिएको छ । नेप्सेसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब...
आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ
संखुवासभा । संखुवासभामा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । जिल्लाको भोटखोला गाउँपालिका–५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको आरोपमा उनका छोरा २८ वर्षीय प्रेमकुमार राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट...
हेटौंडामा निजामती कर्मचारी संगठनको प्रशिक्षणात्मक कार्यक्रम
मकवानपुर । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मकवानपुरले शनिबार हेटौंडामा वन भोज तथा प्रशिक्षणात्मक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्ष यादविन्द्र पौडेलको सभाध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य तथा एमाले बागमती प्रदेशका उपसचिव महेश कुमार बर्तौला र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल...
हेटौंडा–१९ मा लेखा व्यवस्थापन तालिम सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्तिपुरमा शनिबारबाट तीन दिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ । तालिम सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना तथा हेटौडा उपमहागरपालिकाको आर्थिक सहयोगमा सुरु भएको हो । तालिमको उद्घाटन एक कार्यक्रमबीच हेटौडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले गरेका हुन् । तालिममा बंशगोपाल माविका...
हेटौंडामा दौड र स्लो स्कुटी रेस प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता सहिद दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा हुने भएको हो । ४ नम्वर वडा कार्यालयबाट दौड सुरू भएर पारिजातपथ हुँदै...
रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै
काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । गृह स्रोतका अनुसार, लामिछाने नागकिताको प्रमाणपत्रका लागि आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालय जाने...
हेटौंडामा मेला : रमेशराज भट्टराई, सहिमा श्रेष्ठ र सीता न्यौपाने आउने
मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज आइतबार रमेशराज भट्टराई, सहिमा श्रेष्ठ, सीता न्यौपाने आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज रमेशराज भट्टराई, सहिमा श्रेष्ठ, सीता न्यौपानेले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् । यसअघि...
अमेरिकी उपमन्त्री नुल्यान्ड आज नेपाल आउने
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आउने भएकी छन् । उनी दुई दिने भ्रमणका लागि आज नेपाल आउने भएकी हुन् । भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइको छ । उनले सन् २०२१ को अप्रिलमा...










