मकवानपुरमा सडेको अवस्थामा महिलाको शव फेला

तु खबर संवाददाता
२०७९ माघ २९, आईतवार ०८:४०
file photo

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा शनिबार साँझ सडेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । उक्त शव स्थानीय वडा नम्वर ८ भाईढुल बस्ने फुलमांया प्रजाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

३७ वर्षीया प्रजा शनिबार साँझ ६ बजेको समयमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, मृतक प्रजा गत माघ ५ गतेदेखि बेपत्ता रहेका थिए । जंगलमा घास काट्न भनि घरबाट गएकी उनलाई स्थानीयहरुले खोजतलास गर्ने क्रममा आफ्नै घर देखी अन्दाजी ५०० मिटर पुर्बतर्फ जन–कल्याण सामुदायिक बनमा कुन्डलको रूखको हांगामा पलाष्टिकको नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा फेला पारेको हो ।

मृतक प्रजाको शव सडिगली किरा समेत परीसकेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।