रेडियो थाहासञ्चारले सप्ताहव्यापी कार्यक्रम गर्ने
हेटौंडा । बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम तालिका सार्वजनिक गर्दै रेडियोले १५ वर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि रेडियोले साताव्यापी कार्यक्रम गरेर वार्षिकउत्सव मनाउन लागेको रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले बताए ।
साताव्यापी कार्यक्रमको पहिलो दिन सोमवार हेटौंडा–४ स्थित अजरअम्मररोड तथा रेडियो थाहसञ्चार परिसरमा सरसफाई कार्यक्रम गर्ने भएको छ ।
यसैगरी कार्यक्रमको दोस्रो दिन मंगलवार फागुन २ गते विहान ११ बजे रेडियो परिसरमा श्रोता मिलन कार्यक्रम, फागुन ३ गते विहान ११ बजे सम्झनामा रुपचन्द्र विष्ट, ४ गते बृहत रक्तदान कार्यक्र, फागुन ५ गते ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तत्रिया कार्यक्रम, ६ गते मकवानपुरे सञ्चारकर्मीबिच घैंटो फुटाई खेल प्रतियोगिता हुनेछ भने अन्तिम दिन फागुन ७ गते पुरस्कार तथा प्रमाणपत्र वितरण , थाहा वर्ष सम्मान लगायत विविध कार्यक्रम गर्दै १६ औं वार्षिकोत्सव समापन समारोह हुने रेडियोका स्टेशन गोकुल अधिकारीले जानकारी दिए ।
