आजको मौसम : सामान्यतया सफा रहने

तु खबर संवाददाता
२०७९ फाल्गुन १, सोमबार ०८:५०
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार, सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार पनि गण्डकी प्रदेशकापहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेछ ।