समाचार
पोखरामा जलेकी महिलाको मृत्यु
पोखरा । पोखरामा आइतबार जलेर गम्भीर घाइते भएकी ३५ वर्षकी संगीता सापकोटाको मृत्यु भएको छ । पोखरा महानगर–१३, काहुँखोलामा आइतबार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको...
बुधबार शेयरबजारमा भारी अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन शेयरबजारमा गिरावट आएको छ । केही दिनयता बढ्न थालेको शेयरबजारमा आज ब्रेक लागेको हो । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से सूचक आज ४१.०१ अंकले घटेर २१२७ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता...
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १८ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार, नेकपा माओवादी केन्द्रको जारी स्थायी...
राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुने
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते गर्ने घोषणा गरेको छ । आयोगले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५...
सहिद दिवसको अवसरमा प्रदेश प्रमुखद्वारा श्रद्धाञ्जली अर्पण
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद दिवस २०७९ मनाइएको छ । सहिद दिवसको उपलक्ष्यमा प्रदेश प्रमुख यादव चन्द्र शर्मा र मुख्यमन्त्री शालिकाम जम्मकट्टेलले हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा आज बिहान पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । बिहान प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरु, नेपाली सेना,...
मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले लिए सपथ
हेटौंडा । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ताको सपथ लिएका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले मुख्य न्यायधिवक्ता नेपाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् । आज सोमबार प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित सपथ समारोहमा मुख्य न्यायाधीशले नेपाललाई...
हेटौंडा मेलामा आज टंग बुढाथोकी र अशोक दर्जी आउने
मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज सोमबार गायक टंक बुढाथोकी, अशोक दर्जी, गायिका मञ्जु पौडेल, बेली डान्सर अस्मिता पुरी आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज टंक बुढाथोकी, अशोक दर्जी, मञ्जु पौडेल, अस्मिता पुरीले...
यस्तो रहने छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसले गर्दा प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी...
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
काठमाडौं । माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने भएको हो । उक्त बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै, राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने...
बागमती प्रदेश प्रमुखद्वारा सहिद दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सहिद दिवस २०७९ को सन्दर्भमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षालगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज एक शुभकामना सन्देश जारी गर्दै निरङकुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो...









