समाचार
सन्दीपविरुद्ध सर्वोच्च जाने निर्णय
काठमाडौं । जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो । जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले...
आज केही प्रदेशमा हल्का वर्षा, उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । आज दिउँसो कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा...
विद्युतीय राहदानीः एक महिनाका लागि अनलाइन बुकिङ खुला
काठमाडौं । विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए। अब सेवाग्राहीले आफ्नो समयानुकूल योजना बनाएर इनरोलमेन्टका लागि फाराम भर्न पाउने व्यवस्था गरिएको...
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ
जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नम्वर ६ का २८ वर्षीय रोशन महतो रहेका छन् । महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाउने भएको छ । आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको हो । चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा...
हेटौंडामा ३० जनाले गरे रक्तदान
मकवानपुर । अनेरास्ववियू जिल्ला कमिटी मकवानपुरले सोमबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अनेरास्ववियू मकवानपुरले सहिद दिवस २०७९ को अवसरमा हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० जनाले रगत दान गरेका थिए । जसमा २७ जना पुरुष र ३...
हेटौंडामा तीन महिने विद्युत जडान तालिम
मकवानपुर । लागूऔषधको कुलतमा परी (रिकभरीङ्ग सेन्टर) सुधार केन्द्रमा रहेका युवाहरुलाई लक्षित गर्दै हेटौंडामा तीन महिने विद्युत जडान तालिम सुरु भएको छ । लागूऔषधको कुलतमा परेर दैनिक जिवन यापनमा समेत असहज अवस्था आएपछि रिकभरीङ्ग सेन्टर पुगेकालाई सुधार पछि घर फर्कने क्रममा आर्थिक उपार्जनका लागि सहज होस् भन्ने उद्देश्यले उक्त...
दुर्घटनामा परेर रानाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा सोमकार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेदकोट नगरपालिका–९ दैजीका २७ वर्षीय सुकराम राना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार साँझ चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्वरको मोटरसाइकल र नम्वर नखुलेको ट्याक्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा...
धनुषामा ६ जना अभियुक्त हिरासतबाट फरार
जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् । राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भाग्नेहरूमा दुई जना हातहतियार, तीन जना शान्ति सुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका हुन् । प्रहरीका अनुसार हिरासतमा...
प्रधानमन्त्री र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज बिहान भेटवार्ता भएको छ । उनीहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएका हो । भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा संचालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई दिने...










