जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । सो पार्टीले फागुन ७ गते बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको हो ।
बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने भएको हो । सो बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास लगायतका विषयमा छलफल हुने सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
