घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

तु खबर संवाददाता
२०७९ फाल्गुन ४, बिहीबार १८:३७
filr-photo

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई हरेक १५–१५ दिनमा उपलब्ध गराउँदै आएको मूल्यसूची अनुसार, पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ आसपास घटेर आएको निगमले जनाएको छ ।

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम रहेको छ ।