फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

तु खबर संवाददाता
२०८३ बैशाख ३, बिहीबार ०७:५०

नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बृद्धि गरेको छ । निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते ९बिहीबार० बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो ।

नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ । त्यस्तै आन्तरिक हवाईको इन्धन मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले नै वृद्धि गरिएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको कारणले नेपालमा पनि मुल्य समायोजन गर्न परेको निगमको भनाइ छ । लागत मुल्य बढी र विक्री मुल्य कम भएका कारणले गर्दा अझै घाटा व्यहोर्नु परेको नेपाल आयल निगमले जनाएको छ ।