समाचार

एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

काठमाडौं । नेकपा एमालेले ‘मिसन ग्रासरूट’ अभियान सुरू गरेको छ । पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले शुक्रबारबाट २ महिनाका लागि उक्त अभियान सुरु गरेको हो । अभियानको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दै पार्टीलाई जगैदेखि बलियो बनाउनेगरी संगठन बनाउन अभियानमा खटिने सबै नेता कार्यकर्ताहरूलाई निर्देशन...

संवैधानिक परिषद्को विवादास्पद विधेयक फिर्ता

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले शुक्रबार विधेयक फिर्ता लिएको संसद सचिवालय स्रोतले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि अध्यक्षसहित तत्काल बहाल रहेको कम्तिमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी संवैधानिक...

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बालकोट पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे द्धलफल गर्न प्रचण्ड र ओली निवास बालकोट पुगेका हुन् । राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।...

प्रदेशको नीति तथा योजना आयोगले पायो पूर्णता

मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगलाई पूर्णता पाएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा योजना आयोगलाई पूर्णता दिएको हो । बैठकले आयोगको सदस्यहरुमा डा. दिपेन्द्र श्रेष्ठ र डा.जयन्त खनाललाई नियुक्त गरेको सरकार प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।...

अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा बडाल

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो ।...

हेटौंडाका तामाङसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध कोडिविल ५० बोतलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्वर ७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८...

मकवानपुरमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ६, सुनाचुरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान साढे ६ बजेको समयमा मनहरीबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको ग १५ प ३९६९ नम्वरको स्कुटीलाई ना ५ प ३५५७ डिब्बा जिपले ठक्कर दिँदा स्कुटर चालकको...

सांसद भण्डारीलाई उपचारको लागि मुम्बई लगियो

काठमाडौं । जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । बर्न अस्पताल कीर्तिपुरबाट एम्बुलेन्समा राखेर विमानस्थलमा र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधा सम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो । अस्पतालका अनुसार, भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर...

मकवानपुरमा स्वास्थ्य चौकीको छतबाट खसेर वृद्ध घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४, गरगरे स्थित बकैया आधारभूत स्वास्थ्य चौकीको छतबाट खसेर आज बिहान एक वृद्ध गम्भीर घाइते भएका छन् । स्वास्थ्य चौकीमा जारी आँखा शिविरमा आँखा जाँच गर्न आएका बकैया–७ हात्तिखोलाका ८० वर्षीय आइते माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...

शेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साता कारोबारको आज बिहीबार अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा पुगेर रोकिएको छ । केही दिनयता शेयरबजारमा निरन्तर गिरावट आएको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा आज...