समाचार
सांसद अरुणकुमार चौधरी पक्राउ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको...
हेटौंडा मेलामा आज यी कलाकारहरु आउँदै
मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज चर्चित गायिका प्रिति आले , गायक कृष्ण काफ्ले, हेमन्त शर्मा आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज आले, काफ्ले, शर्माले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् । यसअघि...
९ किलो सुनसहित क्यानडाली नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय मोहम्मद कमल माहगोब रहेका छन् । दुबईबाट सुन लिएर आएका उनलाई विमानस्थलमा चेकजाँचको क्रममा पक्राउ गरेको भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले जानकारी दिए । उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गएराति...
अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गरिने
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र राम, लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने सम्झौता भएको छ ।...
कांग्रेसको बैठक बस्दै, राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारबारे छलफल हुने
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले...
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु
काठमाडौं । देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ भने आज अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नम्वर १, बागमती र...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एक नेताका अनुसार, बैठकमा गृह मन्त्रालयको विषयमा सत्ता साझेदार दलहरुबीच भइरहेको खटपट, राष्ट्रपतिको...
बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास
पोखरा । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार, जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए ।...
हेटौंडा उपमहानगरपालिकाले एकैपटक हटायो ७१ जना कर्मचारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारी एकैपटक हटाएका छन् । उपमहानगरपालिकाले विभिन्न समयमा विज्ञापन प्रकाशन नै नगरी आन्तरिक रुपमा करार र ज्यालादारीमा नियुक्त गरेका ७१ जना कर्मचारीलाई एकैपटक सेवाबाट हटाएको हो । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको निर्देशन तथा उपमहानगरपालिकाको कार्यपालिका र नगरसभाबाट गरिएको निर्णय लागू भएसँगै...
बन्चरो प्रहार गरेर आमाको हत्या, छोरा पक्राउ
कैलाली । कैलालीमा आमालाई बन्चरो प्रहार गरी हतया गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको लम्की चुहा नगरपालिका–६ बाग माराका ४० वर्षीय श्रीराम थारु रहेका छन् । उनलाई आफ्नै आमा ७१ वर्षीय लगुनी थरुनीको हत्या आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...










