आगोमा जलेर महिलाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १६:३४
file photo

गुल्मी । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी ८३ वर्षीया पवित्रा खत्रीको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आगोमा जलेर गम्भीर घाइते भएकी खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

आईतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको जनाइएको छ ।