समाचार

लागूऔषधसहित ११ जना प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले शुक्रबार र शनिबार गरी विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, सुर्खेत, कञ्चनपुर, नवलपरासी (पूव), झापा जिल्लाबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध नाईट्राभेट ६ सय ११ ट्याबलेट र कोरेक्स ४७ बोतलसहित...

नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । जबराको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जबराको बिहान साढे ६ बजेको समयमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनी २०१३ साल बैशाख १० गते नेपालको पहिलो...

बागमती प्रदेशमा चालु आर्थिक वर्षमा ११ अर्ब १९ करोड खर्च

मकवानपुर । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ । प्रदेश सरकारले चालु आवको लागि ल्याएको रु ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेटमध्ये ६ महिनाको अवधिमा रु ११ अर्ब १९...

हेटौंडा मेला : आज शान्तिश्री परियार र सुजील कर्माचार्य आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्य आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा परियार र कर्माचार्यको साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । यसअघि शनिबार शनिबार युवा...

बागमती प्रदेशसभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक बस्न...

कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षबारे भोलि टुंगो लगाउने

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष महिला हुनुपर्नेछ । जसका लागि कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी...

विष सेवनबाट मकवानपुरका लोप्चनको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ दरबार बस्ने कनक सिङ लोप्चनको विष सेवनबाट शनिबार मृत्यु भएको छ । ५० वर्षीय लोप्चनको धानमा छर्ने विषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, लोप्चनले बिहान साढे...

हेटौंडा मेलामा आज निशान भट्टराई र प्रताप दास आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज गायक निशान भट्टराई र प्रताप दास आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा गायक भट्टराई र दासको साथै बाल गायक जेनिश उप्रेतीको पनि प्रस्तुती रहने जनाइएको छ । यसअघि शुक्रबार...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भएको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । पार्टीको बैठक यसअघि पटक–पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए । गत बिहीबार...

हेटौंडामा बाल कला – साहित्य महोत्सव हुँदै

हेटौंडा । हेटौंडामा बाल कला साहित्य महोत्सव आयोजना हुने भएको छ । नवोदय शिशु सदन विद्यालय, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेशनको आयोजनामा बाल कला साहित्य महोत्सव आयोजना गर्न लागिएको हो । यस सम्बन्धमा आज शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार, सो सम्मेलनमा हेटौंडा उपमहानगरपालिका, प्याब्सन...