१ लाख २६ हजार ३ सय कतारी रियालसहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले टर्कीस् नागरिक २९ वर्षीय हिडिल केयान सारिकाकमरलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाको घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
