समाचार
बागमती प्रदेशसभाको अर्को बैठक भोलि बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न १२ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक भोलि माघ २३ गते अपराह्न १२ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जानकारी गराएका हुन् । आज बसेको प्रदेशसभा बैठकमा सभामुख पाठकले बागमती प्रदेश प्रमुखको कार्यालयबाट...
प्रदेश प्रमुख शर्माले प्रदेशसभाका सदस्यहरुलाई सम्बोधन गर्ने
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाका सदस्यहरुलाई सम्बोधन गर्ने भएका छन् । प्रदेश प्रमुख शर्माले संवैधानिक प्रकृया अनुसार, यही माघ २६ गते अपराह्न १ बजे प्रदेशसभा बैठकमा प्रदेश सदस्यहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुख भुवनकुमार पाठकले आज बसेको बैठकमा जानकारी दिए । साथै सभामुख पाठकले उक्त...
आईतबार नेप्से परिसूचक झिनो अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो दिन आईतबार शेयरबजारमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म १.५४ अंकले मात्रै बढेर २०९६ विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच...
एमालेले केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । एमालेको केन्द्रीय समितिको बैठक आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्ने गरी आह्वान गरिएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको हो ।...
उर्मिला अर्यालद्वारा राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौं । रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । उनले आज राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् । राष्ट्रियसभा उपाध्यक्षको लागि सोमबार निर्वाचन हुँदैछ । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक छन् । सोमबार हुने निर्वाचनका लागि...
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक जारी छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो...
हेटौंडामा सवारी दुर्घटना
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ संसारले पुल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा भएको छ । पथ्लैयाबाट चितवनतर्फ आउँदै गरेको बा.प्र.०३–००१ च १९४६ नम्वरको पिकअप बोलेरो गाडी आँफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरुमा हुस्सु लागेको छ । आज दिउँसो प्रदेश एकका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...
एक महिने स्वस्थानी ब्रत आज समापन
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी ब्रत आज समापन हुँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका ब्रतालुले आज साङ्गे गर्ने भएको हो । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमे अन्तर्गत कुमार र अगस्त्यबीच...
राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज
काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार, अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गर्ने कार्यक्रम...










