समाचार
शाखा अधिकृतको लिखित परीक्षा स्थगित
काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगन गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जानकारी गराएको हो । आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत्र २१ गतेदेखि संचालन हुने भनेको दोस्रो चरणको परीक्षा...
सेती नदीमा हाम फालेका थापाको शव फेला
बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–२ स्थित झननामा सेती नदीमा हाम फालेका युवकको शव फेला फेला परेको छ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–४ घर घएका २९ वर्षीय नरेश थापाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, थापाको शव गोताखोर टिमले निकालेको हो । माघ २० मा थापा सेतीमा...
आज यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रधावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश एक, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का...
दुर्घटनामा परेर हेटौंडाका गिरी घाइते
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआईडीस्थित नेपाल बैँक अगाडि गएराति सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय गोकर्ण गिरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार राति २०ः४५ बजेको समयमा रातोमाटेबाट हेटौंडा...
सकियो हेटौंडा मेला, १० करोड बराबरको कारोबार
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा–१० टिसिएन चौरमा जारी मेला सोमबारबाट सकिएको छ । १३ दिनसम्म सञ्चालित मेलामा राखिएको विभिन्न वस्तुहरुको बिक्री वितरणमा करिब १० करोड बराबरको कारोबार भएको अनुमान संघका कोषाध्यक्ष सन्तोष कुमार अर्यालले जानकारी दिए । मेला अवधिभर करिब १ लाख दर्शकहरुले महोत्सवको अवलोकन...
मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ । पाण्डेलाई सोमबार न्यायाधीश दीपक ढकालको इजलासले ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए...
अन्त्येष्टिका लागि आर्यघाट लगेको शव नियन्त्रणमा
काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । तारकेश्वर नगरपालिका–३ पानीमा डुबेर मृत्यु भएको शिशुको बव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शिशुको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा लगिएको रहेछ । तर, शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले...
सहमति जुट्न नसकेपछि बागमती प्रदेशसभाको बैठक स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । आज अपराह्न १२ बजे बस्ने गरी बोलाइएको प्रदेशसभाको बैठक माघ २६ गते अपराह्न १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज १२ बजे बस्ने भनिएको प्रदेशसभा बैठकमा विभिन्न पाँच वटा समिति गठनको कार्यसूची थियो । आज दिउँसो...
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी
काठमाडौं । सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान दलका प्रमुखहरूलाई बोलाएर उक्त विधेयककाबारेमा छलफल गरेका हुन् । छलफलमा नागरिकतासहित एक दर्जन विधेयक चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको प्रधानमन्त्री प्रचण्डले बताए । नागरिकता, विकास, सुशासन, सङ्क्रमणकालीन न्याय, शिक्षा,...
आज शेयरबजारमा झिनो अंकको बृद्धि
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएपनि शेयरबजार ४.५७ अंकले बढेर २१०० को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४७ करोड...










