प्रचण्ड भेट्न बालुवाटार पुगे महन्थ ठाकुर
काठमाडौं । राष्ट्रपतिको प्रस्ताव लिएर लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।
मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् ।
अध्यक्ष ठाकुरले आफ्नो साथमा वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लालाई पनि लगेका छन् ।
महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपतिमा सहयोगका लागि प्रधानमन्त्रीसँग आग्रह गरिने सो पार्टीका कार्यकारिणी सदस्य एकवाल अहमदले बताए ।
