समाचार
दुर्घटनामा परेर दुई जनाको मृत्यु
काठमाडौं । रुपन्देही र रौतहट जिल्लामा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा रोकिराखेको ट्रकमा बस ठोक्किंदा र रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति बुटवलबाट भैरहवा जाँदै लु २ ख ६०३८ नम्वरको बस अञ्चलपुर भन्ने स्थानमा सडकमा रोकिराखेको लु...
आज हेटौंडा मेलाको अन्तिम दिन, रचना रिमालको प्रस्तुती रहने
मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ आज सकिँदैछ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलाको आज अन्तिम दिन चर्चित गायिका रचना रिमाल आउने भएकी छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० टिसिएन चौरमा जारी मेलामा गायिका रिमालको साथै संगीतकार तथा...
लागूऔषधसहित दुई जना पक्राउ
वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध अनरेक्स १ सय एमएलको ३५८ बोत्तलसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा पर्साको जगरनाथपुर गाउँपालिका–१ विसुनपुर्वा बस्ने २० वर्षीय अबु अयुब असरफ र वीरगञ्ज–२ छपकैया बस्ने २८ वर्षीय ईजहार आलम रहेका छन् ।...
राष्ट्रपतिले संसदको दुबै बैठकलाई विशेष सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुबै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधन गर्ने भएकी हुन् । उनको उक्त सम्बोधनलाई बिदाई सम्बोधनका रुपमा हेरिएको छ । निर्वाचन आयोगले आगामी फागुन २५ गते...
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन अर्काे फागुनमा
काठमाडौं । नेकपा एकीकृत समाजवादीले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव गरिएको र उक्त प्रस्ताव पारित हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै, बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना...
राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध, औपचारिक घोषणा आज
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज हुँदैछ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको ४ वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशका पहाडी भूाभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी...
मकवानपुरगढीमा ल्होसार विशेष साँस्कृतिक कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ल्होसार विशेष कार्यक्रम हुने भएको छ । तामाङ भाषा, लिपि र साँस्कृतिकको संरक्षण गर्न र मञ्जु श्री संवत २८५९ ह्योइ ल्हो बिरालो बर्गको अवसरमा यही माघ २७ गते ल्होसार विशेष कार्यक्रम हुने भएको हो । गढी गाउँपालिका भरिका समुदायले पालिका स्तारको बृहत ल्होसार साँस्कृतिक...
हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान लागूऔषधसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्वर ४ बस्ने ५५ वर्षीय पर्देसी माझी थारू रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक नबिन बिक्रम...
चलचित्र ‘नाना आङा’ को प्रिमियर शो हेटौंडामा हुने
मकवानपुर । तामाङ कथानक चलचित्र ‘नाना आङा’ को ‘प्रिमियर शो हेटौंडाको ओम्याक्स हलमा हुने भएको छ । आगामी चैत्र महिनाको दोस्रो सातादेखिमा प्रदर्शन हुने उक्त चलचित्र निर्माण पक्षले आईतबार हेटौंडामा पत्रकार सम्मेलको आयोजना गर्दै सो बारे जानकारी गराएको हो । जिम्बा फिसिम्स प्रोडक्सनको १२ औं प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई...










