समाचार

मकवानपुरमा विषादी सेवनबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर २ खड्के बस्ने पोतेलाल वाईबाको विष सेवनबाट मृत्यु भएको छ । ६९ वर्षीय वाईबाको हाल नाम नखुलेको विषादी औषधी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गत माघ २३...

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुनेबारे आज सुनवाइ

काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नहुनेबारे मुद्धामा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनवाइ हुन लागेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट...

लुम्बिनीमा राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन आज

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार, मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म संचालन हुनेछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी...

प्रेस युनियन बागमती अध्यक्षमा पुरी, उपाध्यक्षमा मकवानपुरका विडारी

चितवन । प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले सिन्धुपाल्चोकका युवराज पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो कार्यसमितिको उपाध्यक्षमा धादिङकी गोमा थापा, मकवानपुरका सुजन बिडारी, नुवाकोटका श्रीराम नेपाल, महासचिवमा चितवनका पूर्ण शर्मा निर्वाचित भएका छन् । त्यसैगरी सोही कार्यसमितिको सचिवमा चितवनका रमेश पौडेल र सरिता पौडेल र...

बागमती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चालिसे

मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मंगलबार बिहान बसेको चालिसेलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । लुम्बिनी प्रदेशको बर्दियाका चालिसे जनसङ्ख्या र बुढ्यौलीविद् हुन् । हाल उनी ललितपुर बस्दै आएका छन् । उनी त्रिभुवन विश्व...

मंगलबार शेयरबजारमा हरियाली छायो

काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज हरियाली छाएको छ । आज नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजारमा...

प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने...

लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले सुनसरी र पर्सा दुई छुटाछुट्टै जिल्लाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरीबाट दुई जना र पर्साबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१७ चतरा मार्गबाट लागूऔषध गाँजा ४ किलो १८० ग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।...

आज गण्डकी प्रदेशसभाको बैठक बस्दै

कास्की । गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयकाकानुन अधिकृत कुमार रिजालका अनुसार, गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले...

आगलागीमा परेर भण्डारीको मृत्यु

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१ ठिन्केमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । स्थानीय लोकबहादुर भण्डारीको घर आगलागी हुँदा १६ वर्षकी वन्दना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार, राति १२ बजेको समयमा घरभित्र सुतिरहेको अवस्थामा आगलागी हुँदा उनको मृत्यु भएको हो ।...