समाचार

बागमती प्रदेशको कृषि मन्त्रालयमा टोलफ्रि नम्बरको सुरुवात

मकवानपुर । बागमती प्रदेशको कृषि मन्त्रालयमा टोलफ्रि नम्वरको सुरुवात गरिएको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशब प्रसाद पोख्रेलले आज एक कार्यक्रमबीच टोलफ्रि नम्वरको उद्घाटन गरेका हुन् । अब प्रदेशभरीका किसानहरुले आ–आफ्ना समस्या मन्त्रालयमा सिँधै पैसा नलाग्ने नम्वरमा फोन गरेर टिपाउन सक्नेछन् । किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरुको...

राष्ट्रपतिबारे छलफल गर्न देउवा निवास पुगे उपेन्द्र

काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न उनी देउवा निवास धुम्बाराही पुगेका हुन् । छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी रहेका छन् ।

दुई दिने बकैया कला–साहित्य महोत्सव सम्पन्न

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको ३० औँ वार्षिकोत्सव एवम् २८७ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित दुई दिने बकैया कला–साहित्य महोत्सव मङ्गलबार जनक माध्यमिक विद्यालय भीरकोटमा सम्पन्न भएको छ । बकैया गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आयोजित महोत्सवको दोस्रो दिनका कार्यक्रमहरूमा स्रष्टा सम्मान, बकैया तथा बकैया बाहिरका विद्यार्थीहरूको रचना वाचन, चित्रकला...

९ किलो चरेशसहित ३ जना पक्राउ

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँबाट सशस्त्र प्रहरीले चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट आरोपीहरुको साथबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रोल्पाको थवाङ्ग गाँउपालिका–५ घर भएका ४४ वर्षीय कुमार पुन, दाङको लालमोटिया घर भएका ३९...

बुधबार शेयरबजारमा हरियाली छायो

काठमाडौं । केही दिनदेखि लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । केही दिनयता ओरालो लागेको नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा रहेका २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख...

राष्ट्रपति चुनाव : मतदाता नामावली सार्वजनिक (सूचिसहित)

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति चुनावको लागि निर्वाचन आयोगले मतदाता सूची सार्वजनिक गरेको छ । बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसदका...

बागमतीमा एकैदिन ६ जना मृत अवस्थामा फेला

मकवानपुर । बागमती प्रदेशको तीन छुट्टाछुट्टै जिल्लामा गरी मंगलबार एकैदिन ६ जना मृत अवस्थामा फेला परेका छन् । प्रदेशको चितवन, धादिङ र सिन्धुलीमा गरी एकैदिन ६ जना मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जानकारी दिएको छ । प्रहरीका अनुसार, चितवनमा तीन जना मृत अवस्थामा भेटिएका छन्...

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत

काठमाडौं । चिनियाँ राजदूत छनसोङ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भइरहेको बेला चिनियाँ राजदूत सोङ बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र उनबीच छलफल जारी छ । राष्ट्रपति चयनलाई लिएर नेपालको राजनीति तरङ्गित भइरहेको बेला राजदूत सङको बालुवाटार यात्रालाई अर्थपूर्ण...

बसको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा आज बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल...

आगामी चैत्र १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत्र १५ गतेदेखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने तयारी गरेको छ । केन्द्रले मुलुकका आठै वटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन...