राष्ट्रपतिबारे छलफल गर्न देउवा निवास पुगे उपेन्द्र
काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न उनी देउवा निवास धुम्बाराही पुगेका हुन् ।
छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी रहेका छन् ।
