बागमतीमा एकैदिन ६ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ फाल्गुन १०, बुधबार १०:४५

मकवानपुर । बागमती प्रदेशको तीन छुट्टाछुट्टै जिल्लामा गरी मंगलबार एकैदिन ६ जना मृत अवस्थामा फेला परेका छन् । प्रदेशको चितवन, धादिङ र सिन्धुलीमा गरी एकैदिन ६ जना मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, चितवनमा तीन जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको भरतपुर महानगरपालिका–२३, मदिपुर स्थित बस्ने ४५ वर्षीय कमल विश्वकर्मा स्थानीय केरुङ्गा खोलामा मृत अवस्थामा फेला परेकी थिइन् ।

यस्तै, चितवनकै रत्ननगर नगरपालिका–९ लालपर्सा स्थित भित्री सडकखण्डको बाटोको छेउमा स्थानीय ६१ वर्षीय चन्द्र बहादुर लामा मृत अवस्थामा फेला परेका छन् । उनको जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, भरतपुर महानगरपालिका–२९ साततलेस्थित भद्रेघारी भन्ने स्थानमा स्थानीय १७ वर्षीया शिखा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी आफ्नो घर नजिकै रहेको दाउरा राख्ने कटेरोको बलोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कमलामाई नगरपालिका–५ मिलनचोकस्थित कोठा भाडामा बस्ने २३ वर्षीया सपना बम्जनको मृत फेला परेकी छन् । उनी आफु सुत्ने कोठाको सिलिङको हुकमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाइएको छ ।

यसैगरी, धादिङको धुनिबेशी नगरपालिका–९, सोलढुङ्गास्थित बस्ने ३० वर्षीय चन्द्रबहादुर तामाङले आफ्नै घरमा काठको निदालमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।