समाचार
हेटौंडामा कक्षा ८ को परीक्षा चैत्र ९ बाट सुरु हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका भित्रका निजि तथा सामुदायिक विद्यालयहरुमा माध्यामिक तह कक्षा ८ को परीक्षा आगामी चैत्र ९ गतेबाट सुरु हुने भएको छ । स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारको प्रयोग गर्दै चैत्र ९ गतेबाट परीक्षा संचालन हुने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालका...
एमालेको ‘मिसन ग्रासरुट’ अभियान मकवानपुरमा पनि सुरु
मकवानपुर । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान मकवानपुरमा सुरु भएको छ । आज मकवानपुरमा भएको एमालेको विस्तारित बैठकबाट अभियानको सुरुवात भएको हो । ग्रासरुट अभियानलाई सफल बनाउन विस्तारित बैठकले फागुन १५ गतेभित्र पालिका कमिटि तथा फागुन २० गतेभित्र जनसंगठनको बैठक सक्ने निर्णय गरेको एमाले मकवानपुरका जिल्ला अध्यक्ष तथा बागमती...
५७.७४ अंकले घट्यो शेयरबजार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजारमा गिरावट आएको छ । बुधबार ३३.५७ अंकले बढेको नेप्से परिसूचक आज ५७.७४ अंकको गिरावट आएको हो । बिहीबार ४८ हजार १०५ वटा कारोबारबाट ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५२ करोड २७ लाख १३ हजार...
बालिका बलात्कार आरोपमा एक जना पक्राउ
म्याग्दी । म्यादीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मंगला गाउँपालिका–३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापा रहेको प्रहरीले जनाएको छ । ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक...
सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै
काठमाडौं । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने गरी बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर्वेको फाइल, संवैधानिक परिषद् सम्बन्धी ऐनको विधेयक संसदमा पठाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनगढी । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा आज बिहान माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ बस्ने ६० वर्षीया गेरुवा चौधरी रहेका छन् । बसको...
लोक सेवा आयोगद्वारा लिखित परीक्षा तालिका सार्वजनिक
काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । आर्थिक वर्षमा २०७८/०७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९/८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको आयोगले जनाएको छ । आयोगले द्वितीय श्रेणी (प्रावधिक) वरिष्ठ समाजशास्त्री पद, शाखा अधिकृत...
राष्ट्रपति चुनाव : मतदाता नामावलीमा सांसद चौधरीको नाम राख्न निवेदन
काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम राख्न निवेदन परेको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको थियो । जसमा कैलाली–२ बाट निर्वाचित चौधरीको नाम समावेश छैन । मतदाता नामावलीमाथि दाबी विरोधको समय बिहीबार मध्यान्ह १२...
निर्माण व्यवसायी भेटवाल प्रहरीको फन्दामा
काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । भेटवाल बैंकिङ कसुर सम्बन्धी आरोपमा पक्राउ परेका हुन् । उनलाई घरबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो । काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गरिरहेका भेटवाल यसअघि पनि पटक–पटक पक्राउ पर्दै...
मृत अवस्थामा भेटिए प्रहरी जवान
सुर्खेत । सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका...









