बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १५:५३
file photo

धनगढी । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा आज बिहान माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ बस्ने ६० वर्षीया गेरुवा चौधरी रहेका छन् । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

चौधरीलाई ठक्कर दिने नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको उक्त माइक्रो बस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नविन सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।