समाचार
मकवानपुरमा सडेको अवस्थामा महिलाको शव फेला
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा शनिबार साँझ सडेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । उक्त शव स्थानीय वडा नम्वर ८ भाईढुल बस्ने फुलमांया प्रजाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ३७ वर्षीया प्रजा शनिबार साँझ ६ बजेको समयमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको...
राष्ट्रपतिको सवारीका बेला चिकित्सक कुट्ने प्रहरी निलम्बित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम...
मकवानपुरका दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ७ मनहरी बजारबाट २० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने ४३ वर्षीय जगत बहादुर ठोकर र सोही...
मकवानपुरमा भिरबाट लडेर लामाको मृत्यु
मकवानपुर । मकवानपुरमा भिरबाट लगेर गएराति एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ डाँडाघर बस्ने ५३ वर्षीय तिर्थ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, गएराति ११ बजेको समयमा छिमेकीको बिहेमा गई घर...
दुर्घटनामा परेर मकवानपुरकी दहाल घाइते
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ लोथरमा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५५ वर्षीया बिष्णु माया दहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार,...
सामाजिक सञ्जाल ह्याक गरी ठगेको आरोपमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् । उनलाई साइबर ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका...
ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता : मुख्यमन्त्री जम्मकट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । नेपाल समाजवादी पार्टी मकवानपुरले आज हेटौंडामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले योजनाहरुमा न्युनतम कतिसम्म बजेट हाल्ने भन्ने आधार समेत तयार गरिने बताए । ‘न्युनतम आधार तयार पारेर...
भारतीय विदेश सचिव नेपाल आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन । उनी आगामी फागुन १ गते सोमबार नेपाल आउने भएका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी...
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज शपथ लिँदै
धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् । मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम दिउँसो गर्ने भनिएपनि समय निर्धारण हुन बाँकी रहेको...
अपहरणमा परेको भन्दै नाटक गर्ने ६ जना पक्राउ
काठमाडौं । अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका–५ घर भई हाल काठमाडौं...









