राष्ट्रपतिबारे छलफल गर्न तीन दलको बैठक जारी

तु खबर संवाददाता
२०७९ फाल्गुन ११,बिहीबार १८:३६

काठमाडौं । राष्ट्रपतिका विषयमा छलफल गर्न तीन दलको बैठक सिंहदरबारमा जारी छ । राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच बैठक सुरु भएको हो ।

जारी बैठकमा माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् ।

यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल, नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दलहरूले छलफललाई तीव्रता दिएको छ ।