जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बोलाइएको हो ।
बिहान ११ बजेबाट सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, पार्टीले विभागहरूलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृसंगठनलाई क्रियाशील बनाउने र आवश्यक कार्य गरी विभिन्न तहको अधिवेशन सम्पन्न गरी तोकिएको समय सीमाभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्न परिपत्र गरेबमोजम गठित विभागहरूको बैठक चलिरहेको छ ।
जसपा नेपालले पुष ८ गतेदेखि पुष २४ गतेसम्म गठन भएका विभागहरूको बैठक पालैपालो बस्ने गरी बोलाएको छ । गठन भएपछिको अधिकांश विभागको पहिलो पटकको बैठक भएको हुनाले बैठकबाट सम्बन्धित विभागले आवश्यक पदाधिकारी चयन गर्ने गरेको जनाइएको छ ।