समाचार
१५८ किलो गाँजासहित मकवानपुरका युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित गएराति एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेस्थित किनाराबाट लागूऔषध गाँजा १५८ किलोसहित एक जना युवकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा ननगरपालिका वडा नम्वर ३ गोपालीगाउँ बस्ने अन्दाजी...
कांग्रेस मनहरी गाउँपालिकाले गर्यो चुनावी समिक्षा
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको आयोजनामा सोमबार चुनावी समिक्षा गरेको छ । कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ को ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कांग्रेसका क्रियाशिल सदस्य भेला तथा अन्तरक्रिया गरी चुनावी समिक्षा कार्यक्रम...
बागमतीमा आजदेखि लाइसेन्समा ग्रेडिङ सिस्टम लागू
मकवानपुर । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) मा ग्रेडिङ सिस्टम लागू भएको छ । आजदेखि प्रदेशका सम्पुर्ण यातायात सेवा कार्यालयहरुमा पहिलो पटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू भएको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, फागुन १ गतेबाटै लागू...
रास्वपामा थपिए १६ केन्द्रीय सदस्य (सूचीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप गरेको हो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार करिव १०० जनाको नाम सिफारिस भएको थियो । कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई मनोनित गरेको हो । यी...
भोलिदेखि उपत्यकामा सबै सवारी साधन बन्द गर्ने घोषणा
काठमाडौं । यातायात मजदुरले मङ्गलबारदेखि काठमाडौं उपत्यकाभित्र सम्पूर्ण सवारीसाधन बन्द गर्ने घोषणा गरेको छ । सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताए ।...
रेडियो थाहाको सप्ताहव्यापी कार्यक्रम सुरु, पहिलो दिन सरफाई
हेटौंडा । बन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सोमवारबाट सुरु गरेको छ । रेडियोले १५ वर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा साताव्यापी कार्यक्रमको पहिलो दिन रेडियो परिसर सरसफाई कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले उद्घाटन गरेर शुरु गरिएको...
हेटौंडामा अचेत अवस्थामा भेटिएका एकको मृत्यु
मकवानपुर । अचेत अवस्थामा फेला परेका हेटौंडाका कृष्णबहादुर सुनारको मृत्यु भएको छ । ६३ वर्षीय सुनारको आईतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, मृतक सुनार आईतबार बिहान साढे ६ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर...
बागमतीमा आजबाट भेडाबाख्रालाई पीपीआर खोप लगाइने
मकवानपुर । बागमती प्रदेश सरकारको कृषि तथा पशुपंन्छी मन्त्रालयले पीपीआर नियन्त्रणका लागि आजबाट ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयले प्रदेशभित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको हो । मन्त्रालयले प्रदेशभर कुल २६ लाख १३ हजार २३२ भेडाबाख्रामध्ये ४९ प्रतिशत भेडाबाख्रालाई मात्र...
‘यातायात क्षेत्रलाई पूर्ण डिजिटल बनाउन मन्त्रालय प्रतिवद्ध छ’
मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले यातायात व्यवस्था तथा सेवा कार्यालयका कामलाई पूर्ण ‘डिजिटल’ बनाएर सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको बताएका छन् । काठमाडौं उपत्यकामा यातायात व्यवस्था तथा सेवा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्याक्रममा मन्त्री श्रेष्ठले अहिलेको समयमा पनि यातायात कार्यालय पुरानै शैलिमा...
आज भारतीय विदेश सचिव नेपाल आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट...










