समाचार

शेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साता कारोबारको आज बिहीबार अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा पुगेर रोकिएको छ । केही दिनयता शेयरबजारमा निरन्तर गिरावट आएको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा आज...

आगलागीमा परेर ६ जनाको ज्यान गयो

बेइजिङ । पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः ०७ बजे भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । उक्त घटनामा अन्य २८ जना घाइते भएका छन् । आगलागीका...

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । सो पार्टीले फागुन ७ गते बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको हो । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने भएको हो । सो बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास लगायतका विषयमा...

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलले आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्देशनालयले फागुन १९ गतेदेखि चैत्र ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको छ । जसमा फागुन १९ गते विद्यार्थी संगठन दर्ता समय...

दुर्घटनामा परेर तीन जनाको मृत्यु

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१२ मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बट्टारबाट धान्से जाँदै गरेको बा २ ख ८४५३ नम्वरको बस चैनपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको...

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई हरेक १५–१५ दिनमा उपलब्ध गराउँदै आएको मूल्यसूची अनुसार, पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ...

रेडियो थाहाद्वारा रक्तदान कार्यक्रमको आयोजना

मकवानपुर । बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको आज चौथो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिहीबार बिहानबाट हेटौंडा–४, स्थित रेडियो परिसरमा भएको उक्त कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । जस्मा ५ जना महिला र १३ जना पुरुषले रक्तदान...

४५ किलो गाँजासहित हेटौंडाबाट पाँच जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित बुधबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौडा उप महानगरपालिका वडा नं. १९ बस्तिपुर स्थित भित्री सडकखण्डबाट ४५ किलो ६० ग्राम गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, कुवापानी तर्फबाट बस्तिपुरतर्फ आउँदै गरेको बा...

आज घट्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुँदै ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला ६०० सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ...

आजदेखि मोलुङ हाइड्रोको आईपीओ खुल्ला

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) खुल्ला भएको छ । कम्पनीले यसअघि, आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पूँजीको ३४ प्रतिशत सेयर बिक्री गर्ने योजना बनाएको थियो । सो अनुसार २७ करोड २८ लाख ५० हजार रुपैयाँ...