मकवानपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु
२०७९ फाल्गुन १३, शनिबार १७:४९
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ७३ प ९० ६० नम्वरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरी चौकी खानीखेतले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
