बागमतीका तीन मन्त्रीले आजै राजीनामा दिने

तु खबर संवाददाता
२०७९ फाल्गुन १३, शनिबार १९:५६
file-photo

मकवानपुर । बागमती प्रदेशका तीन जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । आज साँझ बसेको बागमती प्रदेश सभाको बैठकको विशेष समयमा बोल्दै राप्रपा संसदीय दलका नेता तथा उर्जा, सिचाई तथा जलस्रोत मन्त्री उद्धब थापाले सो कुराको घोषणा गरेका हुन् ।

मन्त्री थापाले मुलुकमा बदलिदो राजनीतिक परिस्थिति मध्यनजर गरी पार्टीको निर्देशन बमोजिम आफ्नो पार्टीबाट मन्त्री भएका तीन जना मन्त्रीले आजै साँझ राजीनामा दिने घोषणा गरेका हुन् । उनले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा प्रस्तुत गरिने जानकारी गराए ।

राजिनामा दिने मन्त्रीहरुमा उर्जा, सिचाईँ तथा जलस्रोत मन्त्री उद्धब थापा, वन तथा वातावरणमन्त्री राजु विष्ट र उद्योग, पर्यटन तथा सहकारी मन्त्री डम्बर तामाङ रहेका छन् ।