समाचार
फागुन ८ र ९ गते बकैया कला साहित्य महोत्सव हुने
मकवानपुर । मकवानपुरको साहित्यमा क्रियाशील संस्था झरना साहित्यिक परिवारको ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ फागुन ८ र ९ गते हुने भएको छ । जनक माध्यामिक विद्यालय भीरकोटमा हुने उक्त महोतसवमा विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गर्न लागिएको झरना साहित्य परिवारले जनाएको छ । झरना साहित्यका...
नक्कली नोटसहित तीन जना पक्राउ
बाँके । बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड...
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति...
आज मौसम सामान्यतया सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति पनि प्रदेश एक, बागमती प्रदेश र...
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, मकवानपुरका गोम्बा पक्राउ
वीरगञ्ज । वीरगञ्जमा ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरापालिका–२० अपौनीका नागेन्द्र ठाकुर रहेका छन् । सोमबार राति करिब साढे ७ बजेतिर वीरगञ्ज–२० स्थित अपौनी चोकमा उनलाई ट्रकले ठक्कर दिएको थियो । बहुअरीबाट परवानीपुरतर्फ गइरहेको बा प्र ०३–००१ ख १४१८ नम्बरको ट्रकले...
सरकारले थप ५ प्रकारका औषधि उत्पादन गर्ने
काठमाडौं । सरकारले थप ५ प्रकारका औषधि उत्पादन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औजार उपकरणको व्यवस्था गरी थप ५ प्रकारका औषधि उत्पादन गर्ने जनाएको हो । मन्त्रालयले तयार पारेको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा थप ५ प्रकारका औषधि उत्पादन सुरु गर्ने उल्लेख गरिएको छ । नेपाल...
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९र०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने र दिगो विकास तथा...
आज देशभरको मौसममा सुधार
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भन राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ । तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु...
आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस
काठमाडौ । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा–युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिन प्रेमीप्रेमिकाले एक–अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजका दिन प्रेमको प्रतिक मानिने रातो गुलाब दिएर आ–आफुनो प्रेमी–प्रमिकालाई...
१५८ किलो गाँजासहित मकवानपुरका युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित गएराति एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेस्थित किनाराबाट लागूऔषध गाँजा १५८ किलोसहित एक जना युवकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा ननगरपालिका वडा नम्वर ३ गोपालीगाउँ बस्ने अन्दाजी...








