कांग्रेसको कार्य सम्पादन समिति बैठक जारी

तु खबर संवाददाता
२०७९ फाल्गुन १३, शनिबार १०:०९

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

बैठकले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बसेको हो । उक्त बैठकले राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने कांग्रेस नेताहरूले बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने करिब पक्का जस्तै छ । नयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।