समाचार
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बालकोट पुगे प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे द्धलफल गर्न प्रचण्ड र ओली निवास बालकोट पुगेका हुन् । राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।...
प्रदेशको नीति तथा योजना आयोगले पायो पूर्णता
मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगलाई पूर्णता पाएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा योजना आयोगलाई पूर्णता दिएको हो । बैठकले आयोगको सदस्यहरुमा डा. दिपेन्द्र श्रेष्ठ र डा.जयन्त खनाललाई नियुक्त गरेको सरकार प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।...
अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा बडाल
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो ।...
हेटौंडाका तामाङसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध कोडिविल ५० बोतलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्वर ७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८...
मकवानपुरमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु
मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ६, सुनाचुरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान साढे ६ बजेको समयमा मनहरीबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको ग १५ प ३९६९ नम्वरको स्कुटीलाई ना ५ प ३५५७ डिब्बा जिपले ठक्कर दिँदा स्कुटर चालकको...
सांसद भण्डारीलाई उपचारको लागि मुम्बई लगियो
काठमाडौं । जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । बर्न अस्पताल कीर्तिपुरबाट एम्बुलेन्समा राखेर विमानस्थलमा र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधा सम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो । अस्पतालका अनुसार, भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर...
मकवानपुरमा स्वास्थ्य चौकीको छतबाट खसेर वृद्ध घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४, गरगरे स्थित बकैया आधारभूत स्वास्थ्य चौकीको छतबाट खसेर आज बिहान एक वृद्ध गम्भीर घाइते भएका छन् । स्वास्थ्य चौकीमा जारी आँखा शिविरमा आँखा जाँच गर्न आएका बकैया–७ हात्तिखोलाका ८० वर्षीय आइते माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । साता कारोबारको आज बिहीबार अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा पुगेर रोकिएको छ । केही दिनयता शेयरबजारमा निरन्तर गिरावट आएको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा आज...
आगलागीमा परेर ६ जनाको ज्यान गयो
बेइजिङ । पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः ०७ बजे भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । उक्त घटनामा अन्य २८ जना घाइते भएका छन् । आगलागीका...
जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । सो पार्टीले फागुन ७ गते बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको हो । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने भएको हो । सो बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास लगायतका विषयमा...










