रोटरी क्लब अफ मकवानपुरद्वारा लत्ताकपडा तथा शैक्षिक सामग्री सहयोग
मकवानपुर । मकवानपुरको कैलाश गाउपालिका वडा नम्वर ९ घैराङ्गमा रहेको श्री जीवन ज्योति प्राथमिक विद्यालयमा रोटरी क्लब अफ मकवानपुरले लत्ताकपडा (ट्र्याक सुट) तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रमकबीच कक्षा १ देखि ५ सम्मका १२३ जना विद्यार्थीहरुलाइ लत्ताकपडा तथा झोला, किताब, कपि, पेन्सिललगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा कैलाश गाउपालिका ९ नम्बर वडा अध्यक्ष भुवन सिंह घलानको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै, रोटरी अफ क्लबका पुर्व अध्यक्ष ज्ञानकृष्ण प्रजापति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल बहादुर गोले, रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार रार्इ र रोटरी क्लब अफ मकवानपुरका सदस्यहरुको उपस्थित रहेको थियो ।
