बागमतीका तीन मन्त्रीले दिए पदबाट राजीनामा
मकवानपुर । बागमती प्रदेशका तीन जनामन्त्रीले पदबाट राजीनामा दिएका छन् । राप्रपाको तर्फबाट प्रदेशको विभिन्न मन्त्री बनेका तीन जनाले पदबाट राजीनामा दिएका हुन् ।
मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीनामा बुझाएका छन् । शनिबार राति ८ः३० बजेको समयमाहेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राप्रपाका तीनै जना मन्त्रीले संयुक्त रुपमा राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा बुझाउने मन्त्रीहरुमा क्रमशः राप्रपा बागमती प्रदेश संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ रवन तथा वातावरण मन्त्री राजु बिष्ट रहेका छन् ।
शनिबार दिउँसो संघमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्री फिर्ता बोलाएको थियो । संघका तीन जना मन्त्रीले पनि शनिबार नै राजीनामा दिइसकेका छन् ।
