घरको पर्खाल भत्किएर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन १४, आईतवार १५:१९
सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–४ का २३ वर्षीय धर्मेन्द्र बिक रहेका छन् । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, पर्खाल भत्किएर पुरिएका बिकको उपचारका क्रममा नागरिक अस्पतालमा मृत्यु भएको हो ।