समाचार
दुर्घटनामा परेर हेटौंडाका खुलाल घाइते
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङस्थित सामुदायिक प्रहरी कार्यालय अगाडि आज बिहान सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बिहान ८ः४० बजेको समयमा बिरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ५०३९ न.को यात्रु बोकेको बसले भित्रि सडकखण्डबाट हाईवेतर्फ निस्कदै गरेको...
निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान
चितवन । निर्वाचन आयोगले आगामी बैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक...
आईतबार बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?
काठमाडौं । आज आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला ७०० र चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २...
कैलाली कारागारबाट रिहा भए सांसद अरुण चौधरी
धनगढी । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ ।...
बालाजु घटनामा पक्राउ परेकामाथि अनुसन्धान सुरू
काठमाडौं । गत फागुन १ मा नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारीसाधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ । आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
सांसद चौधरी आज रिहा हुँदै
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । २०६६ भदौं ३ मा ट्र्याक्टर जलाएको आरोपमा गत माघ १९ गते पक्राउ परेका सांसद चौधरी आज रिहा हुने भएका हुन् । २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनाविरुद्ध...
आज यी प्रदेशमा हल्का हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश–१ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी...
आज सातौँ निर्वाचन दिवस
काठमाडौं । निर्वाचन आयोग निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा दृढतापूर्वक अग्रसर हुने भएको छ । सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश जारी गर्दै निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको...
जसपाको कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा ११ बजेदेखि बस्ने भएको हो । देशको समसायिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरण लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । फागुन...
प्रदेश प्रमुख शर्माद्वारा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख यादन चन्द्र शर्माले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आईतबार एक सन्देश जारी गर्दै हरेक वर्ष फागुन ७ गतेका दिन मनाउँदै आएको राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका हुन् । प्रदेश प्रमुख शर्माको शुभकामनामा भनिएको छ,...








