एमालेद्वारा सचिवालय बैठक आह्वान
काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक आह्वान गरेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले भने पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने भएको हो । उक्त बैठकमा परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोक लगाएकोदेखि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा समेत छलफल हुने एमालेका एक नेताले जानकारी दिए ।
