समाचार
पूर्व स्वास्थ्य मन्त्री श्रेष्ठको निधन
काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री तथा प्राध्यापक डा.मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८८ वर्षको उमेरमा आज बिहान मृत्यु भएको हो । उनको उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता श्रेष्ठ लामो समयदेखि दम र...
एमालेले विकास गर्छ, भम छर्दैन : मन्त्री श्रेष्ठ
मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले नेकपा एमाले विकासमा विश्वास राख्ने पार्टी भएको बताएका छन् । एमाले अन्य पार्टीहरुजस्तो भ्रम छर्दै हिडने पार्टी नभएको भन्दै जतिबेला एमाले सरकार बन्यो, त्यतिबेला विकासको लहर आएको मन्त्री श्रेष्ठको भनाई रहेको छ । नेकपा एमाले राक्सिराङ गाउँपालिकाको आयोजनामा...
राष्ट्रपतिबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्न लागेको हो । बैठक अपराह्न साढे ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष...
आज यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । सोमबार प्रदेश–१ र बागमती प्रदेशका उच्च पहाडी तथा...
राष्ट्रपति चुनाव : निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । निर्वाचन आयोगले आज संघी संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । आज दिउँसो १ बजे हुने उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थित...
राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने पक्षमा जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने पक्षमा निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको सो पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार, बैठकमा फागुन २३ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि छलफल भएको र...
४ जना मृत अवस्थामा फेला
काठमाडौं । देशका विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार ललितपुर, रौतहट, इलाम लगायतका जिल्लामा गरी ४ जना मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार, आइतबार ललितपुरमा इँट्टाभट्टामा काम गर्ने एक मजदुर मृत अवस्थामा फेला परेका छन् । मृत फेला...
चितुवाको छालासहित बिक र खत्री पक्राउ
धनगढी । कैलालीमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर बिक र जुम्लाको तातोपानी गाउँपालिका– ४ राउतवाडा का ५० वर्षीय तुलबहादुर खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, उनीहरुलाई कुइनेबाट चिसापानीतर्फ जाँदै गर्दा चिुतवाको छालासहित...
रेडियो थाहाको १५ औं वार्षिकोत्सव सम्पन्न
मकवानपुर । बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाको १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । रेडियोले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको अवसरमा फागुन १ गतेबाट साताव्यापी कार्यक्रम गर्दै फागुन ७ गते आइतबार १५ औं वार्षिकोत्सव सम्पन्न गरेको हो । समापन कार्यक्रम बागमती प्रदेशका...
बागमतीमा एक हजारभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना
मकवानपुर । बागमती प्रदेशमा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा एक हजार भन्दा बढी पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमतीले आईतबार तथ्याङ्क सार्वजनिक गर्दै प्रदेशमा २०२२ मा उक्त घटनाबाट १ हजार ४२५ जना पीडित भएको जानकारी गराएको हो । इन्सेक बागमतीका अनुसार,...










