शेयरबजारमा झिनो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ फाल्गुन १५,सोमबार १५:४६

काठमाडौं । केही दिनयता लगातार गिरावट आएको नेप्से परिसूचक सोमबार गिरावट आएको छ । आइतबार सामान्य सुधार देखिएको शेयरबजार फेरी गिरावट आएको हो ।

आज फेरी नेप्से सूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, ब्यापार र अन्य समूह बढका छन् भने बाँकी सबै उपसूचकमा गिरावट आएको छ ।